 जातिय पहिचान,उत्थान र विकाशको लागि हामी सबै एक हौं साथै आफ्नो देश,जाति ,धर्म र परम्परालाई कहिल्यै नभुलौं  मगर चौतारी परिवार
title of image Title of image Title of image Title of imageTitle of image Title of image Title of image Title of image Title of image Title of image

मगर भेष-भुषाहरु:-

परापुर्वकाल देखि नै मगर जातीको आफ्नै मौलिक भाषा,लिपी तथा भेष-भुषा रहिआएको छ। मगरहरुको भेष-भुषाहरुमा भोटो–कछाडसँगै निलो पटुकी र भाङ्ग्रा, शीरमा टोपी र मखमली चोली, छिट्को गुन्यु, टिकिस, पहेँलो/निलो पटुकी, गलामा पहेँलो/हरियो पोते साथमा कण्ठमाला/मुगामाला, शिरमा शिरफूल, कानमा माडवारी, नाकमा बुलाकी साथै कम्मरमा खुर्पेटो आदि पर्दछ। मगरहरु यी पहिरनमा सजिएर डाँडा–पाखा, देउराली, उकाली–ओराली साइनो गाँस्दै,नाच-गान गर्दै हिड्ने गर्दछन् । मगर भेष-भुषा लाई तलको फोटो मार्फत अझ स्पष्ट पार्ने कोशिश गरीएको छ।                 
                                                 

0 comments:

Post a Comment